
प्रहरीका ९ एसपीकाे सरुवा, चार जिल्लाका फेरिए जिल्ला प्रमुख, को–कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं — नेपाल प्रहरीका ९ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ ९ जना एसपीको सरुवा गरेको हो । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय धादिङमा भेषराज रिजाल पुगेका छन् भने तनहुँमा टेकबहादुर कार्कीको सरुवा भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियामा सरोज पौडेलको सरुवा हुँदा उदयपुरमा राजन चापागाईंको सरुवा भएको छ ।
सरुवा सूचीअनुसार चार जिल्लाका कमाण्डरहरु फेरिएका छन् ।
यसअघि प्रधान कार्यालयले मंगलबार नै ४१ जना डिएसपीको सरुवा तथा १३ जनाको पदस्थापन गरी जम्मा ५४ जना डिएसपीहरुलाई नयाँ स्थानमा पठाएको हो ।



कागजपत्र |

