
छोराको खोजीका लागि छोरीसहित इजरायल जाँदै गर्दा छचल्कियो पद्माको गहभरि आँसु
काठमाडौं — करिब २ वर्षदेखि हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।
लामोसमयदेखि कञ्चनपुरका विपिनको अवस्था अज्ञात रहेकोले अन्तर्राष्ट्रिय दबाब बढाउन उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल जान लागेका हुन् ।
उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको गहभरि आँसु देखिएको थियो ।
इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। जसअनुसार विपिन विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।
हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।



कागजपत्र |
