
टर्कीमा ६.१ को भूकम्प, १ जनाकाे मृत्यु, २९ जना घाइते
काठमाडौं — टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा परी एक जनाको मृत्यु भएको जनाइएको छ भने १६ जना भवन भत्किएका छन् ।
टर्कीको गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा ८१ वर्षीया महिलाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो ।
त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।



कागजपत्र |
