
सरकारमा जाने प्राथमिकता छैन : प्रचण्ड
काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।
आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जस्तो गलत बुझिने प्रयास भइरहेको आरोप लगाए।
उनले भने, “यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यसको आलोचना गर्दा हामीलाई सरकार चाहिएको हो भन्ने बुझ्नु हुँदैन। सरकारमा जाने कुनै चासो हामीले राखेका छैनौं।”
प्रचण्डले भदौको तेस्रो साताबाट विगतमा स्थगित अभियान पुनः सुरु गर्ने र त्यसपछि केन्द्रीय समिति बैठक बसेर नयाँ एजेण्डा तय गर्दै अघि बढ्ने जानकारी पनि दिए।



कागजपत्र |
