कैलाली कारागारमा सुरक्षा निकायले गर्‍यो कैदी गणना


कैलाली- कैलाली कारागारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मानव अधिकार आयोगको संयुक्त टोलीले प्रवेश गरी कैदीबन्दीहरूको गणना गरेको छ।

गणनाअनुसार करिब ७०० कैदीमध्ये ब्लक ‘ए’ मा ३९६, ब्लक ‘बी’ मा १९८ र महिला कैदी ५६ जना रहेका छन्।
यीमध्ये एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते छन्।

शुक्रबारको झडप र कुटपिटपछि कैदीबन्दीहरूले कारागारको नियन्त्रण लिन पुगेका थिए। करीब ४० घण्टापछि मात्र सुरक्षा निकाय भित्र प्रवेश गरी अवस्था निरीक्षण गरेको हो।

मानव अधिकार आयोगका प्रमुख प्रकाश भट्टका अनुसार हाल कारागारको अवस्था सामान्य बनेको छ।

प्रतिक्रिया