७४ जिल्लामा फैलियो डेङ्गु


काठमाडौं- पछिल्लो एक सातामा देशभर १६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। यससँगै चालु वर्षमा देशभर डेङ्गु संक्रमितको कुल संख्या २ हजार ६६७ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार हालसम्म ७४ जिल्लाबाट डेङ्गु संक्रमणका घटना पुष्टि भएका छन्। तीमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा ७८३ जनामा संक्रमण देखिएको छ।

इडिसिडीका अनुसार बागमती प्रदेशमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

चिकित्सकहरूका अनुसार डेङ्गु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो, जुन विशेष गरी सफा पानी जम्ने स्थानहरूमा हुर्कने लामखुट्टेबाट फैलिन्छ। विगतमा यो रोग वर्षाको मौसममा मात्रै देखिँदै आएको भए पनि पछिल्लो समय बाह्रै महिना देखिने गरेको चिकित्सकहरूको भनाइ छ।

प्रतिक्रिया