
एमालेका माधव समूहले गरे एकता जोगाउने अभियानको घोषणा
काठमाडौं – नेपालल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकले पछिल्ला दिनमा पार्टीभित्र देखिएको विवादका साथै आफ्नो समूहमाथिको कारबाहीका बारेमा विश्लेषणसमेत गरेको थियो ।
बैठकको निष्कर्षका रुपमा उत्तः समूहले ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।
बैठकले दुई महिने अभियान घोषणा गरेको जनाइएको छ । स्रोतका अनुसार बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।



कागजपत्र |
