
अहिराजलाई थुनामा पठाउन अदालतको आदेश
काठमाडाैं – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश आएको छ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजविरुद्ध दर्ता भएको मुद्दामा प्रारम्भिक अनुसन्धान तथा अभियोजनका आधारमा थुनामा पठाउन आदेश दिएको हो।
४ साउनमा पक्राउ परेका अहिराजमाथि ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा एक महिलामाथि बलात्कार गरेको आरोप छ। सोही घटनाको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीको ९ दिनको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अहिराजले भने आफूलाई फसाउन नियोजित षड्यन्त्र गरिएको दाबी गर्दै जाहेरी दिने युवतीविरुद्ध पनि उजुरी दिएका छन्।



कागजपत्र |
