देउवा निवासमा बस्दै कांग्रेस पदाधिकारी बैठक 


काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ।

सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केही मन्त्रीलाई पनि बोलाइएको जनाइएको छ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया