
प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी र बारा जाने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीमटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्न महोत्तरी जान लागेको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।
महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ।
यसैगरी उनले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेछन्।



कागजपत्र |
