
गृहमन्त्रालयको नक्कली कर्मचारी बनेर ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं- गृहमन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा उनलाई भीमानबाट पक्राउ गरेको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा न्यौपानेले आफू गृहमन्त्रालयमा कार्यरत कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई जागिरको लोभ देखाएर ठगी गर्दै आएको खुलासा गरेको छ।
पछिल्लो समय उनले गृहमन्त्रालयमा करार सेवामा नियुक्त गराइदिने भन्दै नक्कली आवेदन फाराम भराइ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि विभिन्न ठगी मुद्दामा समावेश भएको देखिन्छ। २६ भदौ २०६९ मा सैनिक अनुसन्धान तथा आचरणसम्बन्धी मुद्दामा विशेष अदालतमा कीर्ते कागज तयार गरेको अभियोगमा उनी कारागार चलान भएका थिए।
कारागारबाट छुटेपछि पनि उनले ठगी गतिविधि जारी राखेका थिए।



कागजपत्र |
