
साउनकाे पहिलो दिन पशुपतिमा दर्शनार्थीको भीड
काठमाडौं – साउन महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्।
श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।
साउनको सोमबार पशुपतिलगायतका शिवालयहरूमा महिलाहरूको विशेष उपस्थिति रहने गर्दछ ।



कागजपत्र |
