सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु


काठमाडौं- कपिलवस्तुको  महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो ।

घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो ।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

प्रतिक्रिया