काभ्रे कांग्रेस पूर्व उपसभापति थापाको निधन


काभ्रे — नेपाली काग्रेस काभ्रेका पूर्व उपसभापति गोविन्द थापाको निधन भएको छ ।

थापाको हृदयघातबाट धुलिखेल अस्पतालमा निधन भएको जनाइएको छ ।

थापाका छोरा अध्ययनका लागि बेलायतमा रहेकोले छोरा नेपाल आइसकेपछि अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।

थापाको निधनले काभ्रे कांग्रेस शोकमा डुबेको कांग्रेस केन्द्रीय सदस्य गणेश लामाले जनाएका छन् । उनले थापाको निधनले काभ्रे कांग्रेसमा अपुरणीय क्षति भएको जनाएका छन् ।

प्रतिक्रिया