
काठमाडौंमा ‘डेटिङ एप’ सञ्चालन गर्ने ६ चिनियाँसहित ५२ जना पक्राउ
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको वालिफलस्थित दमकल चोकबाट गैरकानुनी रूपमा डेटिङ एप र कल सेन्टर सञ्चालन गरिरहेको आरोपमा ६ चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ।
प्रहरीको सूचना अनुसार, पक्राउ पर्नेमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जेआहाओ, ४१ वर्षीय लिन डीई, ३२ वर्षीय एक्स यूझइन्जिन, र ३३ वर्षीय एक्स यूएलइंगहुए रहेका छन्। उनीहरूले ‘मिटु’ नामक डेटिङ एपमार्फत नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर अनलाइन स्क्याम गर्ने र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको खुलेको छ।
यस कार्यका लागि उनीहरूले काठमाडौंको चागल क्षेत्रमा एउटा घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक युवराज खतिवडाले बताए।
पक्राउ पर्नेहरूको साथबाट करिब १४ लाख रुपैयाँ नगद, ७ थान ल्यापटप र ५४ थान मोबाइल बरामद गरिएको छ। प्रहरीले चिनियाँ नागरिकहरूविरुद्ध अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइरहेको छ भने ४६ जना नेपालीहरूको समेत अनुसन्धान भइरहेको छ।



कागजपत्र |
