
४१ वर्षपछि भारतीय वायुसेनाका शुभांशु शुक्ला अन्तरिक्ष स्टेशन पुगे
काठमाडौं — भारतीय वायुसेनाका समूह क्याप्टेन शुभांशु शुक्लासहित चार अन्तरिक्ष यात्रीहरू अन्ततः अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पुगेका छन्। करिब २८ घण्टाको अन्तरिक्ष यात्रापछि उनीहरू बिहीबार अपराह्न ४:१५ बजे आईएसएस मा प्रवेश गरेका हुन्।
अहिले अन्तरिक्ष स्टेशनको ह्याच खोलिने तयारी हुँदैछ, जसपछिपछि शुभांशुसहित सम्पूर्ण टोलीआईएसएस भित्र प्रवेश गर्नेछन्।
४१ वर्षअघि सन् १९८४ मा राकेश शर्माले सोभियत संघको अन्तरिक्षयानमार्फत पहिलोपटक अन्तरिक्ष यात्रा गरेका थिए। त्यसयता शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय बनेका छन्। तर, उनी आईएसएसमा पुग्ने पहिलो भारतीय हुन्।
मिसन सुरु गरेपछि अन्तरिक्षयानबाट पृथ्वीमा सञ्चार गर्दै शुभांशुले भनेका थिए, “अन्तरिक्षबाट नमस्कार! यहाँ म बच्चा जस्तै सिक्दै छु — कसरी हिँड्ने, कसरी खाने।” उनका अभिव्यक्तिले अन्तरिक्ष यात्रा प्रति गहिरो उत्साह झल्काएको छ।
अक्सियम मिसन ४ अन्तर्गत प्रस्थान, ६ पटक स्थगित
शुक्लासहितको टोली अक्सियम मिसन ४ अन्तर्गत जुन २५ मा मध्यान्ह १२ बजे अन्तरिक्षका लागि प्रस्थान गरेका थिए। तर, विभिन्न प्राविधिक कारण र मौसम खराबीका कारण यो मिसन ६ पटकसम्म स्थगित हुनुपरेको थियो।



कागजपत्र |
