
यूएईका लागि नेपाली कामदारको न्यूनतम तलब १ हजार दिराम
काठमाडौं — सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली कामदारका लागि नयाँ न्यूनतम पारिश्रमिक लागू गरेको छ। सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार अब यूएईमा कामदार पठाउँदा तोकिएको भन्दा कम तलबमा पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिइने छैन।
सरकारले गत जेठमा न्यूनतम तलब बढाउने निर्णय गरे पनि राजपत्रमा सूचित भएपछि मात्र उक्त निर्णय औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
अब यूएईमा कार्य गर्न जाने नेपाली कामदारका लागि तलव यस्तो हुनेछ:
-अदक्ष कामदार: न्यूनतम १,००० दिराम पारिश्रमिक, मासिक खाना खर्च ४०० दिराम; कुल १,४०० दिराम वा सोभन्दा माथि
-अर्धदक्ष कामदार: न्यूनतम १,२०० दिराम पारिश्रमिक, खाना खर्च ४०० दिराम; कुल १,६०० दिराम वा सोभन्दा माथि
-दक्ष कामदार: न्यूनतम १,५०० दिराम पारिश्रमिक, खाना खर्च ४०० दिराम; कुल १,९०० दिराम वा सोभन्दा माथि
-उच्च दक्ष कामदार: न्यूनतम ६,००० दिराम पारिश्रमिक, खाना खर्चसहित कुल ६,४०० दिराम वा सोभन्दा माथि
अबदेखि सरकार १,००० दिरामभन्दा कम तलब भएका मागपत्र प्रमाणिकरण गर्ने छैन। यसअघि अदक्ष कामदारका लागि न्यूनतम तलब ८०० दिराम तोकिएको थियो।




कागजपत्र |
