रोमानियामा साइकल दुर्घटनामा एक नेपालीको मृत्यु


म्याग्दी- वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ धाराका ३३ वर्षीय विवश विश्वकर्माको साइकल दुर्घटनामा परी मृत्यु भएको छ।

गत असार ५ गते साइकल यात्रा गर्ने क्रममा दुर्घटना भएका उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाट कोठामा फर्किएर आराम गर्ने क्रममा उनको ज्यान गएको जानकारी त्यहाँ रहेका रुबिन तामाङले दिएका छन्।

२०७९ फागुन १० गते रोमानिया पुगेका विश्वकर्मा कम्पनीबाट अलग भएर अन्यत्र काम गर्दै आएका थिए। हाल उनका आफन्त तथा रोमानियामा रहेका नेपालीहरूले कानुनी प्रक्रिया पूरा गर्दै शव नेपाल पठाउने पहल गरिरहेका छन्।

मृतकका परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। उनका आफन्तले शव नेपाल ल्याएर अन्त्येष्टि गर्न अनुरोध गरेका छन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) लगायत अन्य संघसंस्थाहरूले सहयोगको पहल थालेका छन् भने आर्थिक संकलनका लागि अपिलसमेत जारी गरिएको छ।

 

प्रतिक्रिया