


आत्महत्याका लागि डोरी खोजिरहेको अवस्थामा बालाजुमा भेटिए डा. श्रेष्ठ

काठमाडौं — फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
उनलाई बालाजुमा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् ।
प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।
अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याउँदै गरेको जनाइएको छ ।
उनले केही घन्टा अगाडी सामाजिक सञ्जालमा अलबिदा लेख्दै लामो स्टाटस लेखेका थिए । त्यसपछि प्रहरीले सम्पूर्ण संयन्त्र प्रयोग गरेर खोजी गरिरहेको थियो ।

