
पत्रकार महासंघद्वारा अदालतको समाचार मेटाउने आदेशप्रति आपत्ति
काठमाडौं – नेपाल पत्रकार महासंघले नेपालखबर र बिजमाण्डु अनलाइनलाई समाचार डिलिट गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति आपत्ति जनाएको छ। महासंघले अदालतको आदेश संविधान, प्रेस स्वतन्त्रता र प्रचलित मान्यताको मर्मविपरीत भएको दाबी गरेको हो।
बुधबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना गर्नुपर्नेमा महासंघ दृढ छ र त्यसप्रति सम्मान गर्दछ। तर अदालतको यो आदेश नेपालको संविधान, प्रेस स्वतन्त्रता र अभ्यासअनुरूप छैन, त्यसैले आपत्ति जनाइन्छ।’
महासंघले अदालतसँग आदेशको पुनर्विचार गर्न आग्रह गरेको छ। साथै, अन्यथा अवस्था आएमा अदालती प्रक्रिया तथा वैधानिक गतिविधि अघि बढाउने चेतावनीसमेत दिएको छ।
महासंघले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै सम्प्रेषित सामग्रीको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुने स्पष्ट पारेको छ।




कागजपत्र |
