आईपीएल : ऋषभ पन्तलाई दियाे दिल्लीले कप्तानी


नयाँदिल्ली – इण्डियन प्रिमियर लीग (आईपीएल) को टीम दिल्ली क्यापिटल्सले १४ औँ सिजनको लागि विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तलाई कप्तान बनाएको छ ।

पन्त पहिलोपटक कप्तानको जिम्मेवारी लिँदै टुर्नामेण्ट खेल्नेछन् । टीमका नियमित कप्तान श्रेयस अय्यर काँधमा चोट आएका कारण टुर्नामेण्टबाट बाहिरिएका छन् ।

उनी इंग्ल्याण्डविरुद्धको वान डेमा फिल्डिङ गर्ने क्रममा घाईते भएका हुन् । दुई वान डेमा उनले अर्धशतक प्रहार गरेका थिए । यसको जानकारी दिल्ली फ्रेन्चाइजीले सोसल मिडियाको माध्यमबाट दिएको हो ।

दिल्लीको कप्तान बन्न पाउनु सपना
कप्तान बनेपछि पन्तले आफूले आईपीएल ६ वर्ष पहिला शुरु गरेको बताएका छन् । साथै उनले दिल्लीको कप्तान बन्न पाउनु आफ्नो सपना भएको समेत बताएका छन् ।

प्रतिक्रिया