काठमाडौं प्रवेश गर्ने नाकामा कोरोना एन्टीजेन परीक्षण


काठमाडौं – सरकारले कोरोनाभाइरस (कोभिड–१९) फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि कोरोना एन्टीजेन परीक्षण गरिने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय निर्णय सुनाउँदै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश नाकामा कोरोना एन्टीजेन अर्थात पीसीआर परीक्षण गर्नुपर्ने बताए ।

यस्तै सरकारले जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य परीक्षणमा पठाइने बताए।

पछिल्लो २४ घण्टामा देशभर १ सय ६२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। पत्रकार सम्मेलनमा डा. गौतमले १ सय ६२ जनामा सङ्क्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा देशभर रहेका विभिन्न ल्याबहरूमा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जनामा कोभिड पोजेटिभ देखिएको हो।

यस्तै भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोभिड १९ पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया