इलाममा विषालु च्याउ खाएका थप एकजनाको मृत्यु


इलाम – इलामको माङसेबुङ गाउँपालिका–५ मा विषालु च्याउ खाएर बिरामी परेका थप एक व्यक्तिको मृत्यु भएको छ।

उपचाररत ५५ वर्षीय अमर लावतीको आज बिर्तामोडस्थित बिएनसी अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले जानकारी दिए।

यसअघि सोही वडाकी २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भइसकेको थियो।

६ दिनअघि उनीहरूले चिया बगानमा उम्रिएको जंगली च्याउ खाएका थिए। त्यसपछि सबै एकैसाथ बिरामी परेका थिए। च्याउ विषालु भएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

 

 

 

 

प्रतिक्रिया