गभर्नर पाैडेलले गरे गुणाकर भट्टको सरुवा


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरेका छन्। भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको सचिवालय (कार्यालय) मा ल्याइएको हो।

यसअघि उक्त कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका प्रकाश श्रेष्ठले सेवा निवृत्त भएसँगै भट्टलाई सो जिम्मेवारी दिइएको हो। श्रेष्ठ हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए र हालै सेवा अवकाशमा गएका हुन्।

गुणाकर भट्ट  गभर्नरको दौडमा रहेका थिए। त्यतिबेला उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर कार्यवाहक गभर्नर निलम ढुंगानाले राजीनामा अस्वीकृत गरेपछि उनी गभर्नर बन्नबाट रोकिएका थिए।

राजनीतिक सहमति अनुसार कांग्रेस र एमालेबीच भट्टलाई गभर्नर बनाउने योजना भए पनि ढुंगानाले उनको प्रतिस्पर्धा कमजोर बनाउन राजीनामा स्वीकृत नगरेको आरोप लागेको थियो।

भट्टको राजीनामा अस्वीकृत भएपछि गभर्नर नियुक्तिको प्रक्रिया अन्योलमा परेको थियो। त्यसकै बीचमा भट्टको विकल्पमा पौडेल गभर्नरमा नियुक्त भएका थिए।

अब गभर्नर पौडेलले भट्टलाई आफ्नो बलियो सहयोगीका रूपमा अघि सार्ने संकेत देखिएको छ। अहिले अमेरिका रहेका भट्टले आफ्नो सरुवाबारे कुनै औपचारिक टिप्पणी दिएका छैनन्।

प्रतिक्रिया