भारतमा सवारी दुर्घटना हुँदा नेपाली दम्पती र नाबालकको ज्यान गयो


काठमाडाैं- भारतको पलिया–लखिमपुर सडकखण्डमा भएको एक भीषण सवारी दुर्घटनामा नेपाली दम्पतीसहित एक नाबालकको ज्यान गएको छ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–५, कालिका बाच्कोटका ५६ वर्षीय टेके साउद र उनकी ५५ वर्षीया श्रीमती देउमा साउदको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू जबलपुरमा रहेका छोराबुहारीलाई भेट्न भारत गइरहेका थिए।

यस्तै, सोही दुर्घटनामा गाउँपालिका–३, बरदादेवी धारासैनका ७ वर्षीय बालक अंसु साउदको पनि ज्यान गएको छ।

उनीहरू सवार गाडी विपरीत दिशाबाट आएको अर्को सवारीसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। घटनामा अन्य ७ जना नेपाली गम्भीर घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया