शेरबहादुर देउवाले राजसंस्थाका विषयमा कुनै धारणा व्यक्त गरेका छैनन् : कांग्रेस


काठमाडाैं- नेपाली कांग्रेसले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राजसंस्थासँग जोडेर सार्वजनिक गरिएका केही समाचारप्रति तीव्र आपत्ति जनाउँदै त्यसलाई कपोलकल्पित र भ्रामक भनेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा देउवाले राजसंस्थासम्बन्धी कुनै अभिव्यक्ति नदिएको र नसोचेको स्पष्ट गरिएको छ।

‘कसैले क्षणिक स्वार्थ पूर्तिका लागि देउवाको नाममा गलत सूचना सम्प्रेषण गर्नु गम्भीर अनैतिकता हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले कहीँ पनि त्यस्तो कुरा नबोलेको र नसोचेको हुँदा यस प्रकारको समाचार प्रचार गर्नु पत्रकारिता सिद्धान्तको उल्लंघन हो।’

कांग्रेसले यस्तो भ्रामक समाचारको खण्डन गर्दै त्यसप्रति घोर आपत्ति जनाएको छ। साथै आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाउँदै यस्ता समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई अपिल समेत गरेको छ।

ncpress-release6550206780766-1747907449839-1747910686.jpg

प्रतिक्रिया