

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।
आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । सिफारिस समितिको बैठक बसेर निर्णय भएको खण्डमा आजै गभर्नर नियुक्तिको सम्भावना छ।

