अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक


काठमाडौं–गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ।

समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। समितिले तीन जनाको नाम सिफारिस गर्नेछ।

आजै मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो। केहीबेर अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो।

कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको भनिएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया