
रसुवामा ठूलो मात्रामा सुन बरामद
काठमाडौं— रसुवामा ठूलो परिमाणमा तस्करी गरिएको सुन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले उत्तरी नाकाबाट ल्याउँदै गरिएको सुन नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
बरामद गरिएको सुनको परिमाण हाल जोख्ने प्रक्रिया भइरहेको जनाइएको छ। रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरे पनि यसको यकिन मात्रा भने खुलाएका छैनन्।
बरामद गरिएको सुनसहित संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
