बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरूले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

नेकपा एमालेले मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भइसेको छ ।

प्रतिक्रिया