निवर्तमान गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौं — नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले अन्तरिम आदेश भने दिएन ।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आगामी ४ जेठमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

अधिकारी गभर्नर हुँदा गठन भएको समितिमा पूर्व गभर्नरको कोटामा अधिकारीलाइ नै राखिएपछि अधिवक्ता नविन धितालले रिट दायर गरेका थिए ।

प्रतिक्रिया