विश्वकप छनोटमा नेपालको सहज जित


काठमाडौं- आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। ५ ओभरको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हूँदै १ विकेट गुमाएर जित हासिल गरेको हो।

वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको गरेको बहराइनले १ विकेट गुमाएर ४१ रन जोड्यो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा ३४ रन बनाएर अविजित रहिन्। उनले ६ चौका र १ छक्का प्रहार गरिन्।

त्यस्तै थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रन जोडे। नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईलाई १ छक्का र ३ चौकासहित २० रन प्रहार गरेकी थिइन्।

जवाफमा नेपालले उक्त लक्ष्य ४.२ ओभरमा पुरा गर्यो। नेपालको जितमा सम्झना खड्काले १० बलमा १३ रन बनाउँदा कविता कुंवरले ११ बलमा १८ न बनाइन्। त्यस्तै इन्दु वर्मा ७ रनमा अविजित रहेकी थिइन्।

त्यसअघि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाले रद्द भएको थियो। समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ।

प्रतिक्रिया