

रवीन्द्र मिश्रमाथि अर्को मुद्दा

काठमाडौं— राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा दायर गरिएको छ।
तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको अपराध र संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको थियो। अब तेस्रो मुद्दा स्वरूप आपराधिक उपद्रव को आरोपसमेत थपिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएका मिश्रले अदालतसमक्ष आपत्ति जनाउँदै भने, “आज ४२ औं दिन, राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ।”
उनले अगाडि भने, “४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोप बोकेर हिँडेको थिएँ। अब फेरि आपराधिक उपद्रवको आरोप थपिएको छ। त्यो टिका पुछ्ने अधिकार र निष्ठा अदालत र बेञ्चमा छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।”

