

डडेल्धुरामा अटोकाे ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।
भी.नं.पा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडी निवासी ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो। जोगबुढा अस्पतालले बालकको मृत्यु पुष्टि गरेको छ।
बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोले आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेका विवेकलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करपछि अटोले बालकलाई करिब १० मिटरसम्म घिसारेको थियो।
दुर्घटनामा थप दुई जना घाइते भएका छन्। उनीहरूको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ।
यस घटनापछि अटो चालक फरार रहेका छन् भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

