आवासीय चिकित्सकलाई आठौँ तह सरहको निर्वाह भत्ता उपलब्ध गराउन शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकलाई सरकारी स्वास्थ्य सेवाको आठौँ तह (मासिक ४८,७३७ रुपैयाँ) सरहको निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको माघ २५ गते सम्पन्न १६औँ बैठकको निर्णय अनुसार उक्त भत्ता तुरुन्त उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।

निर्देशनमा भनिएको छ, “विभिन्न विश्वविद्यालय र तिनका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहको अध्ययनरत सम्पूर्ण आवासीय चिकित्सकलाई, सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत चिकित्सकलाई जस्तै आठौँ तह सरहको निर्वाह भत्ता उपलब्ध गराउन प्रष्ट उल्लेख गरिएको छ।”

मन्त्रालयले भत्ता उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन समेत आग्रह गरेको छ। साथै, आन्दोलनरत आवासीय चिकित्सकहरू काममा फर्किएपछि उनीहरूलाई हतोत्साहित नगर्न र शैक्षिक गतिविधिमा कुनै अवरोध नआउने सुनिश्चित गर्न विश्वविद्यालय तथा सम्बद्ध निकायलाई ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया