धरानबाट भोजपुर जाँदै गरेको यात्रुबहाक बस दुर्घटना, १ को मृत्यु, १४ जना घाइते


धरान — धरानबाट भोजपुर जाँदै गरेको यात्रुबहाक बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

यात्रुले भरिएको बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो । भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल झरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनामा १४ जना घाइते भएको बताए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया