

प्रिसा साह आत्महत्या प्रकरणः उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई रुलिङ

काठमाडौं — सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको यस विषयपछि सभामुख घिमिरेले घिमिरेले रुलिङ गरेका हुन् ।
केआईआईटीमा अध्ययनरत वीरगञ्जकी शाह कलेजको होस्टलमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको सभामुख घिमिरेले बताएका छन् ।
सभामुख घिमिरेले भनेका छन्, ‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’
यसअघि पनि सोही कलेजमा अध्ययनरत अर्की नेपाली विद्यार्थी पनि मृत फेला परेकी थिइन् ।

