

कक्षा १२ को परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र लिक !

भक्तपुर- भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र लिक भएको पाइएकाे छ । प्रश्नपत्र लिक भएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले संयुक्त रूपमा छानबिन थालेका छन्।
प्रश्नपत्र परीक्षा सुरु हुनु अघिनै विद्यार्थीको मोबाइलमा पुगेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा चानक्य कलेज परीक्षा केन्द्रमा अनुगमन गरिएको हो।
प्रहरी र एनइबीको आईटी टोलीसहितको विशेष समिति बनाएर अनुसन्धान थालिएको छ। परीक्षार्थीहरूको मोबाइल जफत गरिएको छ र उनीहरूलाई परीक्षा सकिए पनि बाहिर जान रोक लगाइएको छ।
शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार बिहानै सामाजिक सञ्जालमार्फत प्रश्न लिक भएको सार्वजनिक गरेका थिए। एक छात्राले मोबाइलमा प्रश्नपत्र आएको भन्दै व्यक्त गरेको उत्साहपछि घटनाले पुष्टि पाएको हो।
गत वर्ष पनि यस्तै घटना भएको तर बेवास्ता गरिएको भए पनि यसपटक प्रशासनले सक्रियतापूर्वक अनुसन्धान थालेको छ।

