Click to toggle navigation menu.

आवासीय चिकित्सकको आन्दोलन जारी


काठमाडौं- सरकार र नेपाल चिकित्सक संघबीच सहमति भई आन्दोलन स्थगन भए पनि आवासीय चिकित्सकहरू भने अझै आन्दोलनमै छन्। उनीहरूले सरकारसँग कुनै सहमति नभएको भन्दै आफ्ना माग पुरा नहुँदासम्म संघर्ष जारी रहने बताएका छन्।

आवासीय चिकित्सकहरूको नेतृत्वमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले सरकारले पारिश्रमिक, सेवा सुविधा र कार्यस्थल सुरक्षासम्बन्धी समस्याहरूलाई वेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन यथावत् रहेको स्पष्ट पारेको छ।

समितिका अनुसार चिकित्सा शिक्षा आयोगले निर्णय गरेअनुसारको पारिश्रमिक तीन महिनादेखि नपाएका चिकित्सकहरूलाई सरकारले निर्देशन त दिएको छ, तर कार्यान्वयनको कुनै गम्भीर प्रयास नगरेको भन्दै उनीहरू असन्तुष्ट छन्।

शनिवार राति जारी विज्ञप्तिमा समितिले भनेको छ, “निर्देशन र सहमतिको नाटक गर्नुको सट्टा समस्याको वास्तविक समाधानमा सरकार किन गम्भीर छैन?”

आन्दोलनरत चिकित्सकहरूले ८औं तहको (४८ हजार रुपैयाँ) मासिक तलब बराबरको निर्वाह भत्ता, निश्चित ड्युटी समय, र कार्यस्थलको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

नेपालका विभिन्न मेडिकल कलेजमा आवासीय र अन्य चिकित्सकहरू ३२ दिनदेखि यिनै माग राखेर आन्दोलनरत छन्।

प्रतिक्रिया



थप समाचार

‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

चितवन – चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको  — विस्तृतमा

स्वास्थ्य मन्त्रालयमा एक सचिव मात्रै, डा. देवकोटालाई पूर्ण जिम्मेवारी

काठमाडौं – सरकारले मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र  — विस्तृतमा

नेपालमा ब्रेन ट्युमरका बिरामी १५.४ प्रतिशतले बढे

काठमाडौं – नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार विगत  — विस्तृतमा

सरकारका सय कार्यसूची कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले तय गरेका शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई केन्द्रमा राखेर काम गरिरहेको  — विस्तृतमा

वीर अस्पतालका लेखा अधिकृत राईविरुद्ध उजुरीको चाङ

काठमाडौं – भ्रष्टाचार र अनियमिततालाई लिएर पटक–पटक विवादमा आइरहने वीर अस्पतालका लेखा अधिकृत वीरसिंह राईमाथि गम्भीर आरोपसहितको उजुरी परेको  — विस्तृतमा

रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी अस्पताल धाउन बाध्य

कञ्चनपुर –  सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। कुकुर, स्याल तथा अन्य  — विस्तृतमा

सर्वाेत्कृष्ट ‘सिएमसी’: चिकित्सक लाइसेन्स परीक्षामा ९३% बढी पास

चितवन – नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट  — विस्तृतमा

राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पक्राउ

काठमाडौं- राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो  — विस्तृतमा

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन  — विस्तृतमा

सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न आविस्कार केन्द्रसँग सहकार्यको तयारी

काठमाडौं-  सरकारी अस्पतालहरूमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य  — विस्तृतमा

न्यूनतम तलबको माग गर्दै गण्डकी मेडिकल कलेजका पारामेडिक्स आन्दोलनमा

पोखरा-  पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका विभिन्न विभागमा कार्यरत पारामेडिक्स सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको न्यूनतम पारिश्रमिक  — विस्तृतमा

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडौं- बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist