दाङमा शिक्षकमाथि खुँडा प्रहार, विद्यार्थी पक्राउ


दाङ- दाङको तुलसीपुरस्थित हिमाल बोर्डिङ स्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि खुँडा प्रहार गर्ने घटना घटेको छ। शुक्रबार बिहान साढे १० बजे कक्षा १२ मा अध्ययनरत सुरेश सुनारले शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण गरेका हुन्।

शिक्षक श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा गम्भीर चोट लागेको र हाल राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आक्रमणपछि फरार रहेका सुरेशलाई शनिबार राति पौने ९ बजे प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार आक्रमणको कारण अझै स्पष्ट भइसकेको छैन र घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया