कश्मीर घटनाबारे के भन्छ पाकिस्तान ?


काठमाडौं- भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणमा आफ्नो संलग्नता नभएको पाकिस्तानले स्पष्ट पारेको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उक्त आक्रमण भारतको आन्तरिक विषय भएको बताएका छन्। “यो भारतको आन्तरिक मामिला हो, पाकिस्तानसँग यसको कुनै सम्बन्ध छैन,” उनले भने ।

यसैबीच, पाकिस्तानी सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै आक्रमणप्रति दुःख व्यक्त गरेको छ । “जम्मू–कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको ज्यान गएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौं। मृतकका परिवारप्रति समवेदना प्रकट गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझ पहलगाममा भएको सो आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ । मृतकमध्ये एक नेपाली नागरिक सुदीप न्यौपाने रहेका छन् भने अर्की नेपाली रेनु पाण्डे घाइते भएकी छिन् ।

प्रतिक्रिया