तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन


काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उहाँले सो निर्देशन दिएकी हुन् ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा.राणाले सो अवसरमा बताएकी थिइन् ।

पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया