आईसीसी यू–१९ विश्वकप छनोट : नेपालले आज निर्णायक खेल खेल्दै


काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो ।

खेल अहिले बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा हुनेछ । पछिल्ला ३ वटै खेलमा जीत निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने दबाब छ ।

यो खेल जित्ने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा‌ नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जीत निकालेका थिए । ३ खेलबाट दुवै टोलीले समान ६ अंक जोड्दै शीर्ष दुईमा पक्का गरेका हुन् ।

प्रतिक्रिया