

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गाँजाजस्तो देखिने करिब ६ किलो ९ सय ७० ग्राम लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।
पक्राउ पर्ने २७ वर्षीय भिसाक बिजयान रहेका छन् । उनी थाई एयरको उडानबाट बैंकक हुँदै नेपाल आएका थिए ।
विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला परेको हो ।

