

राजावादीको प्रदर्शनमा प्रहरीसँग धकेलाधकेल

काठमाडौं- तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरूबीच धकेलाधकेल भएको छ।
राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक लगाएपछि तनाब सिर्जना भएको हो।
प्रहरीले तीनकुने पुलबाट बानेश्वर जाने बाटोमा अवरोध गरेको छ। कोटेश्वरबाट आएको र्याली तीनकुने पुल पार गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दा घम्साघम्सी भएको हो।
तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई तीनकुनेमा सीमित राख्न प्रयास गरिरहेको छ।

