म्यानमारमा भएको सैनिक दमनविरुद्ध नेपाली कांग्रेसको विरोध


काठमाडौं-  नेपाली कांग्रेसले म्यानमारमा भएको सैनिक दमनको विरोध गरेको छ। सैनिक सरकारले गरेको हिंस्रक दमनको अमानवीय घटनाप्रति कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउन कांग्रेसले अपील गरेको छ।

‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ’, प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै म्यानमारमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्दा शनिबार एकैदिन ११४ जना प्रदर्शनकारीको निधन भएको छ । निर्वाचित सरकारलाई अपदस्थ गरी शासन हातमा लिने सेनाको कदमविरुद्ध म्यानमारमा प्रदर्शन चर्किँदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ ।

नेतृ आङ सान सुकी लगायतको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीका लागि भइरहेको प्रदर्शन अन्तर्गत शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपात युक्त दिन बनेको छ ।

May be an image of text

प्रतिक्रिया