एक-एक जहाज किन्न सातै प्रदेश सहमत भइसके : पर्यटनमन्त्री


काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले हरेक प्रदेशले एक-एक जहाज खरिद गर्ने तयारी अघि बढेको बताएका छन् ।

कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पाण्डेले  सातै प्रदेशका पर्यटनमन्त्रीसँग छलफल गरी नेपाल एयरलाइन्सको लागि हरेक प्रदेशले १–१ ट्विनअटर जहाज खरिद गर्ने सहमति भएको बताएका हुन् ।

‘नेपाल वायुसेवा निगमले प्रदेशहरुले जहाजमा कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा तयारी गरिरहेको छ’, मन्त्री पाण्डेले भने, ‘प्रदेशको लगानीमा खरिद भएको जहाजले सम्बन्धित प्रदेशमै चलाउन सक्ने मोडालिटीमा छलफल भएको छ ।’

त्यस्तै न्यारोबडी र बाइडबडी जहाज कम हुँदा अन्तर्राष्ट्रिय उडान गर्न समस्या भइरहेको भन्दै ती जहाज समेत थप्नुपर्ने उनले बताए । उनले भने,  ‘अहिले कोरियाको भाडा २ लाख छ, कोरियाबाट दिल्लीको भाडा ८० हजार रहेछ, हामीसँग जहाज नहुँदा यात्रुले महँगो तिर्नु परिरहेको छ ।’

प्रतिक्रिया