अनैतिक शारिरीक सम्पर्कबाट बसेको गर्भ पतन गरेर सडकमा फालेपछि…
ओखलढुङ्गा- ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
अनैतिक शारिरीक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताए । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिए।
मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ ।