निषेधाज्ञाकाबिच पाेखरामा रास्वपाको प्रदर्शन
काठमाडौं- जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि आइतबार बिहानैदेखि रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन खोजिरहेको छ । प्रहरीले लामिछानेलाई अदालत लैजाने भएपछि उनको समर्थनमा पोखरामा प्रदर्शन भइरहेको हो ।