पोखरामा अनिश्चितकालीन निषेधाज्ञा


पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा आइतबार पेस गर्नुअघि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ ।

सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पक्राउ परेर पोखरा ल्याइएको छ । उनको पक्राउ विरोधमा रास्वपाले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेको छ । त्यस्तै सूर्यदर्शन सहकारी पीडितहरूले पनि प्रदर्शन थालेका छन् ।

दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको हाे ।

प्रतिक्रिया